काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये ६१६ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीका अनुसार शनिबार बिहान ७ बजेसम्म बेपत्तामध्ये ६१६ जनाको शव फेला परेको हो ।
प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार फेला परेका ६१६ शवहरू मध्ये सबैभन्दा बढी चितवन जिल्लामा २३३ जना रहेका छन्। अन्य जिल्लागत विवरण यस प्रकार छः
नवलपरासी पूर्वः १५८ जना
गोरखाः ४८ जना
नवलपरासी पश्चिमः ४७ जना
धादिङः ४५ जना
नुवाकोटः ४१ जना
तनहुँः ३१ जना
रसुवाः १३ जना
विपद्को चपेटामा परेका २,३०१ जनाको उद्धार गरिएको छ। जसमध्ये नुवाकोटबाट १,६२२ जना, रसुवाबाट ६७६ जना र धादिङबाट ३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेहरूको संख्या १४० पुगेको छ।