काठमाडौं। कलंकी–कोटेश्वर सडक पुन: निर्माण गरी मानवमैत्री बनाउन माग गर्दै आज जनप्रदर्शन गरिने भएको छ। सडक मानवमैत्री बनाउन र निर्माणका क्रममा गरिएका गल्ती नदोहोर्याउन माग गर्दै आज काठमाडौंको शंखपार्कमा जनप्रदर्शन गरिने भएको हो।
रिङरोड नागरिक सरोकार समितिको आयोजनामा आज ‘नागरिक सरोकार यात्रा’ गर्न लागिएको छ। आज दिउँसो १ः३० बजे महाराजगञ्ज, नारायणगोपाल चोकमा भेला भएर २ बजे र्याली शुरु गरिने समितिले जनाएको छ।
र्याली शंखपार्कमा पुगेर चित्रकला कविता वाचन, ह्विलचियर नृत्य, गीत–संगीतसहित विविध अभिव्यक्तिका साथ हस्ताक्षर संकलन, बहस र छलफलमा परिणत हुने बताइएको छ।
यसअघि विस्तार गरिएको कलंकी–कोटेश्वर सडकखण्डमा निर्माण क्रममा कमीकमजोरी गरिएकाले धेरै दुर्घटना भएको भन्दै अब विस्तारका क्रममा ती गल्ती नदोहोरियोस भन्ने आफूहरुको माग रहेको आयोजक समूहले जनाएको छ।