सप्तरी। रुपनी गाउँपालिका–६ तेरहौतामा इँटा उद्योगको पर्खात भत्किँदा एक महिलाको मृत्यु भएको छ।
विशाल इँटा उद्योगमा इँटा पकाउनको लागि चाङ लगाउने क्रममा पर्खाल भत्किएर ५० वर्षीया जतरीदेवी सरदारको मृत्यु भएको हो।
घटनामा घाइते भएकी सरदारलाई राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनामा अग्निसाइर कृष्णसवरण गाउँपालिका– ४ का ५० वर्षीय मंगल सदा र भारत बिहारका ४० वर्षीय रमेशकुमार लौउदी घाइते भएका छन्। दुवै जनाको छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको जनाइएको छ।