काठमाडौं। नेपाल सरकारको माताहतमा रहेको त्रिपुरेश्वर अन्तर्गतको उधोग विभागले तालिम हल निर्माण सम्बन्धि आह्वान गरेको छ। उक्त विभागले आर्थिक वर्ष २०७८/७९ को लागि इ-जिपि प्रणाली मार्फत तालिम हल निर्माण गर्नु पर्ने भएको कारणले गर्दा ठेक्का आह्वान गरीएको हो। विभागले लगभग ३३ लाख भन्दा माथिको लागतमा तालिम हल निर्माणको लागि ठेक्का आह्वान गरेको हो। विभिन्न किसिमको तालिम प्रदान गर्नको लागि तालिम हल अभाव भएको कारणले गर्दा तालिम प्रदान गर्नको लागि उक्त हल निर्माण गर्न लागिएको हो।