काठमाडौं। जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लान्ट जडान गरिएको छ। मंगलबारदेखि अस्पताल परिसरमा जडान गरिएको प्लान्टबाट उत्पादन सुरु भएको हो।
उक्त प्लान्टबाट दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन हुनेछ। अस्पतालमै अक्सिजन उत्पादन थालेपछि पोखराबाट ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको छ। अब अक्सिजनको अभावमा कुनै पनी विरामी टाढा जानुपर्ने समस्याको अन्त्य भएको छ।
दुई करोड १८ लाख रुपैयाँमा अक्सिजन प्लान्ट निर्माण भएको हो। जिपीमा जिल्लाका स्थानीय तहले कोरोना संक्रमितका लागि छुट्टै आइसोलेसन भवन बनाइदिएका छन्। कोरोनाको ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएपछि जिपीले आइसोलेसनलाई तयारी अवस्थामा राखेको छ।
३० बेडको आइसोलेसन छ। प्रत्येक बेडमा अक्सिजनको व्यवस्था गरिएको छ। आइसोलेसनमा पाँच बेड आईसीयू र तीन बेड भेन्टिलेटर छ।