काठमाडौं। बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१३ स्थित पैयूपाटामा अस्पताल निर्माण हुने भएको छ। रु १२ करोडको लागतमा निर्माण हुने भएको हो।
उक्त नगर अस्पताल १५ शैयाको निर्माण हुनेछ। नगर अस्पतालको शिलान्यास नगर प्रमुख जनकराज पौडेलले गरेका हुन्। अस्पताल नहुँदा लामो समय लगाएर टाढाको बाटो जानुपर्ने समस्या उक्त अस्पतालको निर्माण पछी सर्वसाधारणलाई सहज हुनका साथै सुलभ मूल्यमा प्रभावकारी सेवा पाउने जनाइएको छ।