काठमाडौं। दोलखा जिल्लामा खेतीयोग्य जमिन सिञ्चित गर्न चालू आर्थिक वर्षभित्रै १४ वटा सिँचाइ आयोजना निर्माण सुरु हुने भएका छन्। बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लाभर साना तथा मझौला गरी १४ वटा सिँचाइ आयोजना निर्माण सुरु गर्न लागेको हो।
मन्त्रालयको स्वीकृत बजेटका आधारमा दोलखाका १४ वटा सिँचाइ आयोजना छनोट गरी निर्माणको प्रक्रिया सुरु गर्न लागिएको कार्यालयले जनाएको छ। आगामी आर्थिक वर्षको अन्तिमसम्म सबै योजनाको निर्माण कार्य सम्पन्न गर्ने गरी कार्यालयले काम सुरु गरेका जनाइएकौ छ।
यही वर्ष निर्माण सुरु हुन लागेका योजनाहरूमा घ्याङखोला सिँचाइ योजना मेलुङ, उपल्लो डिही–टहले–कात्तिके सिँचाइ योजना भीमेश्वर–मसानेखोला सिँचाइ बिगु, महादेवखोला सिँचाइ जिरी, ओख्रेखोला सिँचाइ शैलुङ, तामाकोसी किर्ने लिफ्ट सिँचाइ योजनालगायत छन्। १४ वटै सिँचाइ आयोजनाको निर्माण सुरु गर्न कार्यालयलाई झन्डै ४ करोड बजेटको अख्तियारी प्राप्त भएको कार्यालयले जनाएको छ।