काठमाडौं। खोटाङ, साकेला गाउँपालिका–३ मा स्थित मुन्धुम ट्रेल (पदमार्ग) प्रवेशस्थल निर्माण गरिएको छ। नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यको सूचिमा उक्त पदमार्ग समेत परेको हो।
पर्यटकीयस्थल टेम्के जोड्ने मुन्धुम ट्रेल (पदमार्ग) खोटाङ, पर्यटकीयस्थल तावाभञ्ज्याङबाट टेम्के जोड्ने मुन्धुम ट्रेल (पदमार्ग) हो।
नेपाल सरकारले निर्धारण गरेको सयवटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेल साकेला गाँउपालिकाको ३० प्रतिशत, प्रदेश सरकारको ३५ प्रतिशत र स्वीस सरकारको ३५ प्रतिशत अनुदानमा निर्माण गरिएको हो।