म्याग्दीको धवलागिरि गाउँपालीका मल्कवाङमा रहेको स्वास्थ्यचौकीमा पुर्वधारको अभावका कारण सेवा प्रभावित बनेको छ। पुरानो र जीर्ण कोठाको भवन भएकोले स्वास्थ्यचौकी संचालन गर्न समस्या भएको हो। पुर्वाधारको अभावमा सेवा प्रभावीत बनेको स्वास्थ्यचौकीका अहेबले जानकारी दिनुभयो।
उहाँका अनुसार चार वर्षदेखी निर्माणकार्य सुरु भएको भवन अहिले सम्म सम्पन्न हुन सकेको छैन। लगभग २५० घरधुरीले सेवा लिने स्वास्थ्यचौकीको कामकाज प्रभावीत बनेको हो। बर्खाको समयमा पानी धेरै चुहीने भएको कारणले गर्दा पुरानो भवनमा दुखकष्ट गर्दै सेवा दिईरहेको उहाँले बताउनुभयो।
उक्त भवनमा बिरामीको स्वास्थ्य परीक्षण र घाउ सफा गर्ने लगाएत प्रसुती गराउने ठाउँपनि साघुरो भएकोले अझ समस्या बढेको हो। उक्त स्वास्थ्यचौकीमा जम्मा ३ वटा कोठा रहेको छ। एउटा कोठामा प्रशासन र बिरामीकोे उपचार, अर्को कोठामा औषधी भण्डार र अर्कोमा प्रसुतीकक्ष राखिएको छ। पर्याप्त मात्रामा कोठाको अभावका कारण उपचारमा समस्या आएको अहेबले जानकारी दिनुभयो।
विभिन्न तहका ६ जनाको दरबन्दी भएको उक्त स्वास्थ्यचौकीमा अहिले कार्यरत तिन जना मध्य एक जना मासिका बाहेक अरु दुई जना करारका रहेका छन्। दैनीक रुपमा सोही स्वास्थ्यचौकीमा १० जना सेवाग्राही आउने गर्छन्। वल्र्डवाइड मालिका जेभीले १८ महिनामा १४ कोठे भवनको निर्माण सम्पन्न गर्ने भनि लगभग १ करोड भन्दा माथीको लगानीमा ठेक्का लिएको उक्त स्वास्थ्यचौकीको चार वर्ष वितिसक्दापनि काम सम्पन्न भएको छैन।
अझै पनि भवन छाउने, पर्निचर, विधुत् लगाएतका धेरैकाम हरु बाँकीनै छन्। स्थानियका अनुसार सम्बन्धीत कार्यालय, निर्माण व्यवसायी र सरोकारवालाहरुको बेवास्ताले गर्दा यस्तो भएको हो। निर्माण व्यवसायीका अनुसार स्थानीय सहायक ठेकदारले अधकल्चो बनाएर छाडेको काम अब आउने चैतभित्र सम्पन्न गर्ने बताए।