काठमाडौं। सडक तथा खानेपानी विभागलगायतका निकायको कारणले गर्दा जमिनमुनि केबल विछ्याउने काममा समस्या खडा भएको छ। प्राधिकरणले सडक तथा खानेपानीको कारणले केबल विछ्याउने कामले गति लिन नसकेको जनाएको छ। उक्त समस्यालाई समाधान गर्नको लागि प्रधानमन्त्रि तथा मन्त्रिपरिष्दको कार्यलयले पहल गरिरहेको कुरा पनि प्राधिकरणले जनाएको हो।
उक्त समस्यालाई समाधान गरी देशमा सुचना प्रविधि क्षेत्रको विकासमा सहयोग पुर्याउने विधुत प्राधिकरणको प्रतिबद्धता रहेको छ। हालसम्म करीब ९५ प्रतिशत नेपालिको घरमा विधुतको पहुँच पुगिसकेको र त्यसले सुचना प्रविधिको विकासमा उल्लेखनिय योगदान पुर्याएको कुरा पनि प्राधिकरणले उल्लेख गरेको थियो। सडक तथा खानेपानि विभागले खडा गरेको समस्यालाई छिट्टै समाधान गरेर केवल विछ्याउने कामलाई गति दिने कुरा प्राधिकरणको रहेको छ।
९५ प्रतिशत उपभोक्ताको घरघरमा विधुतको पोल पुगिसकेको छ, जुन सुचना प्रविधि विकासको लागि ठुलो इन्फास्ट्रचर पनि हो। इन्टरनेट फाइबरको लागि पनि विधुतकै पोल प्रयोग हुन्छ। हल डिजिटल नेपालको अवधारणा अन्तर्गत फाइबर होम आएको छ। अहिले प्रधिकरणले कन्जुमरबाट वार्षिक झण्डै ७० अर्ब आयआर्जन गरीरहेको छ।