काठमाडौं। चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य अघि बढाउन भरतपुर महानगरपालिकाले गृहकार्य थालेको छ।
‘धुर्मुस सुन्तली फाउन्डेसन’ ले तीन वर्षअघि शुरू गरेको रंगशाला निर्माणको काम भरतपुर महानगरले अघि बढाउने भएसँगै गृहकार्य शुरु गरेको हो।
रंगशालाको काम अगाडि बढाउने विषयमा भरतपुर महानगरकी मेयर रेणु दाहालले बिहीवार सर्वपक्षीय अन्तर्क्रिया कार्यक्रम राखेकी छन्।
आर्थिक संकटका कारण धुर्मुस–सुन्ततीले रंगशाला निर्माणको कामबाट हात झिकेपछि भरतपुर महानगरले सक्रियता लिएको छ। सरकारले आर्थिक सहयोग गरेमा महानगरपालिका आफैंले रंगशाला निर्माणको काम गर्ने तयारी गरेको छ ।