काठमाडौं। पर्वतको कुश्मा बजारमा घण्टाघर निर्माण प्रक्रिया सुरू भएको छ। कुश्मा नगरपालिकाको अगुवाइमा सदरमुकाम कुश्मामा घण्टाघर निर्माण गर्न लागिएको हो।
घण्टाघर निर्माणका लागि नगरपालिकाले विस्तृत परियोजना निर्माण गरी टेण्डर आह्वान गरिसकेको बताइएको छ। ६० लाख ८८ हजार ६ सय ९० रुपैयाँ बजेट खर्च गरी घण्टाघर निर्माण गर्न टेण्डर आह्वान गरिएको हो।
जिल्ला सदरमुकाम कुश्माको पहिचान झल्किने गरी घण्टाघर निर्माण गर्न सुरु गरिएको कुश्मा जनाइएको छ। कुश्मा नगरपालिका पर्यटकीय क्षेत्रको रूपमा स्थापित हुँदै आएकोमा अब घण्टाघरले अर्को आयाम थप्ने विश्वास लिइएको छ।
यस क्षेत्रमा पर्यटक आकर्षित गर्ने पूर्वाधार थपिँदै गएको अवस्थामा घण्टाघर निर्माण भएपछि पर्वतको पहिचान बढ्ने विश्वास गरिएको छ।