कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीमा सडक नाली (साइड ड्रेन) निर्माणमा गुणस्तरहीन सामाग्रीको प्रयोग गरेको पाइएको छ।
बन्साहा– कलुवापुर–दोमिल्ला जोडने सडक खण्डअन्तर्गतको बेलडाँडीमा सडक किनारामा निर्माण भइरहेको नालीमा गुणस्तरहीन सामाग्रीको प्रयोग भएको हो।
नाली निर्माणमा प्रयोग भएका बालुवा, इट्टालगायतका निर्माण सामग्री गुणस्तरहीन पाइएपछि पूर्वाधार विकास कार्यालयले निर्माण कम्पनीलाई तत्काल हटाउन निर्देशन दिएको छ।
कार्यालयले निर्माण कम्पनीलाई पत्राचार गर्दै स्थलगत सुपरीवेक्षण र अनुगमनका क्रममा सडकको चेनेज ७५००, बेलडाँडी क्षेत्रमा निर्माणाधीन रोड साइड ड्रेनमा प्रयोग भएको बालुलासहितका सामग्री तोकिएको मापदण्ड र स्वीकृत टेक्निकल स्फेसिफिकेसनबमोजिम नरहेकाले सम्झौताबमोजिमको कार्य गर्न निर्देशन दिएको छ।