काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका– ७ स्थित धौरी सरस्वती गाउँमा पहिलो पटक बिजुली पुगेको छ। स्थानीयका ७२ घरपरिवारमा बिजुली पुगेको हो।
राष्ट्रिय प्रशारण लाइनमा जोडिएसँगै परराष्ट्रमन्त्री डा. नारायण खड्काले धौरी सरस्वतीमा विद्युतीकरणको उद्घाटन गरेका छन्।
त्रियुगा नगरपालिका वडा नम्बर ७, त्रियुगा नगरपालिका, स्थानीय र विद्युत प्राधिकरणको संयुक्त लगानीमा लामो समयको मिहिनेनतपछि बिजुली विस्तार भएको बताइएको छ। पहिलो पटक गाउँमा बिजुली पुग्दा उक्त गाउँका स्थानीय खुसि भएका छन्।