काठमाडौं। सर्वोत्तम सिमेन्ट तथा सर्वोत्तम स्टील लिमिटेडले निर्माण व्यवसायीहरुको सात लाखको दुर्घटना बीमा गराउने भएको छ।
निर्माण व्यवसायीहरुले आफ्नो साइट रजिष्टर गराएबापत सर्वोत्तम सिमेन्टको तर्फबाट ट्रयाक–सुटका साथै दुर्घटनाविरुद्ध ७ लाखको बीमा सुविधा पाउने भएका हुन्।
सर्वोत्तम समेन्ट तथा स्टील लिमिटेडले निर्माण व्यवसायीलाई लक्षित गर्दै एक प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न गरी “सर्वोत्तमको न्यानो सौगात” नामक योजना बारे जानकारी गराएको हो।
यस योजना अन्तर्गत कम्पनीले काठमाडौं उपत्यकाका एक हजार निर्माण व्यवसायीलाई बीमा सुविधा उपलब्ध गराउने जानकारी दिएको छ।
कार्यक्रममा घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रूपमा कसरी गर्दा भूकम्प प्रतिरोधात्मक हुन्छ र सिमेन्टको प्रयोग प्राविधक रूपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा कम्पनीका प्रोजेक्ट हेड ई.अभिषेक झाले तालिमसमेत प्रदान गरेका छन्।