बैतडी। हिमपातका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग चार दिनपछि सञ्चालनमा आएको छ।बिहीबारदेखि अवरुद्ध बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग आइतबार दिउँसोदेखि सञ्चालनमा आएको हो।
बाक्लो हिमपातका कारण यस राजमार्गको खोडपे, दुदिलाखान, ढोल्यामोड, श्रीभावरलगायतका स्थानमा हिउँ जमेर सडक अवरुद्ध भएको थियो।
लगातर हिमपात भइरहेपछि सडक हिउँ पन्छाएर सडक सुचारुहुन सकेको थिए। हिमपात रोकिएसँगै दुई वटा जेसीबीको प्रयोग गरी राजमार्ग सूचारु गरिएको बताइएको छ।
राजमार्ग अवरुद्ध हुँदा काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीबाट छुटेका र बझाङबाट बाहिरी जिल्लाका लागि छुटेर बाटोमै अलपत्र परेका यात्रुवाहक तथा मालवाहक सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।