काठमाडौं। हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरी योग्यता पुगेका इच्छुक उमेद्वाररसँग दरखास्त माग गरेको हो ।
३५ वर्ष उमेर पुगेर ६५ वर्ष ननाघेका तथा स्नातकोत्तर उत्तीर्णले २१ दिनभित्र महाप्रबन्धकमा आवेदन दिन पाउने छन्।
उमेद्वारसँग कम्पनीमा कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीमा अधिकृतस्तरको पदमा पाँच वर्ष काम गरेको अनुभव हुनु पर्नेछ। उद्योगमा डेढ महिनादेखि महाप्रबन्धक पद रिक्त छ।