काठमाडौं। निर्माणाधीन १३२ केभी गर्जाङ–खिम्ती प्रसारण लाइनको काम ८० प्रतिशत पूरा भएको छ। प्रसारण लाइनको १०५ मध्ये १०३ वटा टावर ठड्याउने काम पूरा भएको हो।
३२ किलोमिटर लामो यो प्रसारण लाइनको काम चैतसम्ममा पूरा भइ सञ्चालनमा आउने आयोजनाले जनाएको छ। गत पुषमा नै सबै काम सम्पन्न भई सञ्चालनमा आउनु पर्ने प्रसारण लाइनको तालिका चैतमा सरेको हो ।
प्रसारण लाइनको रुटमा ठाउँ–ठाउँमा स्थानीय अवरोध भएका कारण लक्ष्यअनुसार काम गर्न नसक्दा समय लागेको आयोजनाले जनाएको छ ।
प्रसारण लाइनको करिब १३ किलोमिटर तार तान्न र कल्लेरी र ठोस्नेमा गरी अब २ वटा टावर ठड्याउन बाँकी छ । यो सबै काम सम्पन्न गरेर २ महिनाभित्र प्रसारण लाइन सञ्चालनमा ल्याउने योजना अनुसार निर्माणलाई तीव्रता दिएको आयोजनाको दाबी छ।