काठमाण्डौं। चितवनको देवघाट–२ मा साझेदारी लगानीमा वडा भवन निर्माण गरिएको छ। देवघाट गाउँपालिका र जिल्ला समन्वय समितिको साझेदारीमा देवघाट–२ को वडा भवन निर्माण गरिएको हो।
जिससको ४० लाख र गाउँपालिकाको ४० लाख गरी कूल ८० लाख लागतमा वडा भवन निर्माण गरिएको छ। स्थानीय रामचन्द्र थापाले करिब आठ लाख मूल्य बराबरको चार रोपनी जग्गा दान गरेपछि भवन निर्माण गरिएको हो। स्थानीय समाजसेवी जमिनदार थापाले वडा भवन निर्माणका लागि जग्गा दान गरेपछि भवन निर्माणपश्चात सेवाग्राहीलाई सेवा प्रवाहमा सहज भएको जनाइएको छ।
वडा कार्यालयसम्म विद्युत् सेवा नपुगेकाले सोलार जडान गरी कार्यालयको कामकाज सञ्चालन गर्दै आइएको छ। सेवा लिन आउने सेवाग्राहीले एक दिन नै बिताउनुपर्ने बाध्यता रहेको छ। वडा कार्यालयसम्म सडकको पहुँच पुगे पनि विद्युत् पहुँच पुग्न करिब एक किलोमिटर दूरी छ।
सबै क्षेत्रमा सडक सञ्जाल नपुगेकाले कम्तीमा चार घण्टादेखि साढे पाँच घण्टासम्म हिँडेर वडामा आएर सेवा लिनुपर्ने दयनीय अवस्था छ।