हुम्ला। हावाहुरीका कारण अवरुद्ध हुम्लाको हवाई सेवा पुनः हिजोदेखि नियमित सञ्चालन भएको छ। हावाहुरीले अवरुद्ध हवाई सेवा नियमित सञ्चालन भएको हो।
हावाहुरीको कारण हुम्लाको उडान एक दिन अवरुद्ध भएको थियो। हुम्लामा मौसम राम्रो भए पनि नेपालगञ्जमा हुस्सु लाग्दा शनिबार ढिलो गरी हवाई सेवा सुरु गरिएको हो। समिट, सीता र ताराका जहाजले उडान गरिरहेका छन्।
हावाहुरीले शुक्रबार सिमकोट विमानस्थलमा अवतरण हुन नसकेर सीता एअरको जहाज फिर्ता भएको थियो। त्यस्तै तारा र समिट एअरका जहाज पनि सिमकोट प्रवेश नगर्दै नेपालगञ्ज फिर्ता भएको थियो।