बाजुरा। चार महिनादेखी अवरुद्ध भएको बाजुराको साँफे मार्तडी लोकमार्ग सञ्चालनमा आएको छ। अविरल वर्षाका कारणले २०७८ असार देखी बन्द भएको सडक पुन सञ्चालनमा आउदा स्थानीय खुसी भएका छन्।
उक्त सडक बन्द हुँदा स्थानीयलाई आउजाउमा समस्या मात्र नभएर आद्यान्नका सामाग्री समेत अभाव भएको थियो। बुढीगङ्गा नगरपालीका को ताँप्रिसेरा बस्तीमा २०७८ जेठको २३ गते आएको बाढी पहिरोले क्षदविक्षत पार्नुका साथै घट्टेखोलामा रहेको पक्की पुल समेत बगाएको थियो। बाढीपहिरोलेनै बाजुराका अधिकांश बस्ती विस्थापीत भई बार्जगाडदेखी मार्तडीसम्मको बाटो लामो समय सम्म अवरुद्ध बन्दै आएको थियो। सडक डिभिजन कार्यालय अछामले जिल्ला प्रशासन कार्यालय बाजुराको आग्रहमा उक्त सडक सञ्चालनमा ल्याएको हो।
मार्तडी गैरी बजारका व्यवसायी प्रेम बढाका अनुसार लामो समय सम्म सडक अवरुद्ध हुँदा व्यापारीलाई सामान ढुवानी गर्न निकै समस्या परेकोले उपभोक्ताले पनि देनीक प्रयोगका सामानहरु खरीद गर्दा चर्को महँगीको मार खेप्दै आएका थिए। बाजुराका अधिकांश स्थानीय चर्को मुल्यमा चामल किन्न बाध्य भएका थिए, तर अहिले सडक सञ्चालनमा आएपछि बाजुराको साद्यान्न डिपोबाट सस्तो मुल्यमा चामल पाउने आशाले उनिहरुमा खुसी छाएको छ।
प्रमुख जिल्ला अधिकारीका अनुसार खाद्यान्नको अभाव हुन नदिन सडक डिभिजन कार्यालय साँफेलाइ आग्रह गरेको र अब छिट्टै सहज हुनेछ। बल्दे दवारीको भत्किएको सडक सफा गर्दै गएपछि अहिले गाडी सञ्चलन गर्न सकिएको सडक डिभिजन कार्यालय साँफेबगर अछामका सुपरभाइजरले बताउनुभयो। चाडपर्व नजीकिएसँगै खाद्यान्न ढुवानीमा सहज हुने गरी सडक मर्मत गरेर सवारीसाधन सञ्चालनमा ल्याए पनि स्थायी रुपमा सडक निर्माण गर्न अझै समय लाग्छ।
अविरल वर्षाका कारणले गर्दा राजमार्गसँगै जोडिएका धेरै पुलहरु पुर्ण रुपमा क्षती भएका छन्। ति पुलहरु हालसम्म निर्माण भएका छैनन्। साँफे मार्तडी सडक डिभिजन कार्यालय अछामका अनुसार समयमै पुल निर्माण गर्न माथिल्लो निकायसँग कुरा भइरहेको छ।