सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिकामा प्रशासनिक भवन निर्माण गरिने भएको छ। १२ करोड ७२ लाख लागतमा लिफ्टसहितको पाँचतले प्रशासनिक भवन बन्ने भएको हो ।
प्रशासनिक भवनको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एक कार्यक्रमका बीच शिलान्यास गरेका छन् ।
अपांगतामैत्री भवनको निर्माण २०८० असारमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । भवनमा सोधपुछ शाखा, जिन्सी शाखा, प्रशासनिक तथा अन्य शाखाहरू, शाखा प्रमुखहरूको कार्यकक्ष अपाङ्गतामैत्री शौचालयका साथै नगरप्रमुख र उपप्रमुखको कार्यकक्ष रहनेछ ।
इटहरी उपमहानगरपालिका–६ उपमहानगरपालिका परिसरमा निर्माण गरिने प्रशासनिक भवन शिलान्यास कार्यक्रम वडा नं ६ का अध्यक्ष दीपक गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो । शिलान्यास कार्यक्रममा उपमहानगरपालिकाका इञ्जिनियर जीवन घिमीरेले प्रशासनिक भवनको संरचनाका विषयमा जानकारी गराएका थिए ।