काठमाडौं। चार्जिङ्ग स्टेसन निर्माणका लागि सरकारले पुनरकर्जा उपलब्ध गराउने भएको छ। चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले चार्जिङ स्टेसनलाई पुनरकर्जा उपलब्ध गराउने जानकारी दिएको हो।
बैंकले चार्जिङ स्टेसनलाई समेत पुनरकर्जा उपलब्ध हुने गरी पुनरकर्जा कार्यविधि संशोधन गरिएको बताएको छ ।
हाल सरकारी पहलबाट देशका विभिन्न ५० स्थानमा विद्युतीय सवारी चार्जिङ्ग स्टेसन स्थापनाको पहल भइरहेको छ । निजी क्षेत्रबाट २०० हाराहारीमा स्टेसन स्थापनाका लागि पहल भइरहेको छ ।
थप विद्युतीय सवारी साधनको प्रयोग तथा प्रोत्साहन गर्ने उद्देश्यले सरकारले विद्युतीय सवारीमा भन्सार छुट तथा चार्जिङ्ग स्टेसन निर्माणमा सहुलियत दिन लागेको हो।