काठमाडौं। तेह्रथुममा निर्माण सम्पन्न ४.८ मेगावाटको खोरुङ्गा खोला जलविद्युत आयोजनाको परीक्षण भइरहेको छ। आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नु अघि संरचनाको परीक्षण भइरहेको हो।
आयोजनाको सबै संरचनाको परीक्षण भइरहेको रिलायवल हाइड्रो पावर कम्पनीले जनाएको छ। आयोजनामा जडान भएको हाइड्रो तथा इलेक्ट्रोमेकानिकल उपकरणको परीक्षण भइरहेको हो। संरचनाको अवस्था ठिक छ कि छैन भनेर परिक्षण गरिएको र परिक्षण सकिएपछि आयोजनाबाट विद्युत उत्पादन सुरु हुने कम्पनीले जनाएको छ।
आयोजनबाट २ सातासम्म परीक्षण उत्पादन गरेर नेपाल विद्युत प्राधिकरणलाई दिनेछ। उक्त आयोजना सञ्चालनमा आउँदा उत्पादन हुने विद्युत विद्युतगृहदेखि ४ किलोमिटर दुरीमा रहेको जिरी–खिम्ती सबस्टेसनमा जोडिनेछ।
आयोजनामा ३ हजार ८ यि ५३ मिटर हेडरेस र ३ सय २३ मिटर लामो पेनस्टक पाइप निर्माण गरिएको छ।