बैतडी। दशरथचन्द नगरपालिका–४ गढीस्थित पहिरोबाट भत्किएको घर नेपाली सेनाले पुनःनिर्माण गरेको छ। नगरपालिकाका दीप पौडेलको घर हनुमानध्वज गुल्मले पुनःनिर्माण गरेको हो।
गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको लगातारको बेमौसमी वर्षाका कारण पौडेलको घरमा माथिबाट खसेको ढुंगाले घरमा क्षति पुगेको थियो। घरमा क्षति भएपछि मर्मतका लागि सेनालाई अनुरोध गरिएको थियो। घर मर्मतका लागि अनुरोध गरेपछि सेनाको टोलीले घर मर्मत गरेको बताइएको छ।
सेनाको टोलीले घरमाथिबाट खसेको पहिरो पन्छाएको, घर मर्मत गरेको आवश्यक बन्दोबस्तीको काममा समेत सहयोग गरेको जनाएको छ।