काठमाडौं। काठमाडौं–बनारस रुटमा पुनः सिधा उडान हुने भएको छ। चैत १८ गतेदेखि काठमाडौं–बनारस सिधा उडान हुने भएको हो।
उक्त रुटमा बुद्ध एयरले नियमित उडान गरिरहेको थियो। कोरोना भाइरसको महामारीपछि रोकिएको सो रुटको उडान १ अप्रिल (१८ चैत) देखि पुनः सञ्चालन हुने कम्पनीले जनाएको छ।
कम्पनीले कुन–कुन बार कति उडान गर्ने भन्ने विवरण भने सार्वजनिक गरेको छैन। दुई धार्मिक गन्तव्य (काठमाडौंदेखि भारतको बनारस) लाई जोड्ने गरी कम्पनीले सो रुटमा उडान गरिरहेको थियो। उक्त रुटमा नेपाली तथा भारतीय दुवै मुलुकका तीर्थयात्रुले यात्रा गर्छन्।