म्याग्दी। बन्द भएको दुई महिनापछि पोखरा–जोमसोम हवाई उडान सेवा सञ्चालन भएको छ। प्रतिकूल मौसम र कोरोना महामारीका कारण पुस दोस्रो हप्तादेखि बन्द रहेको पोखरा–जोमसोम हवाई उडान सेवा पुन सञ्चालनमा आएको हो।
जोमसोमस्थित नागरिक उड्यन कार्यालयले दुई महिनापछि पोखरा–जोमसोम उडान हुन थालेको जानकारी दिए । समिट एयरले शनिबार र आइतबार दुई दुई वटा चार्टड फलाइट गरेको र तारा एयरले पनि उडानको तयारी गरेको छ । पोखरा–जोमसोम हवाई मार्गमा सामान्य अवस्थामा तारा र समिट एयरले दैनिक पाँच पाँच वटा उडान भर्दै आएका छन् ।
हवाई उडान चालु भएपछि स्थानीयवासीका साथै मुस्ताङ जाने–आउने पर्यटकलाई सहज भएको छ । मार्चको ७ तारिकदेखि नियमित उडान हुने जोमसोम विमानस्थलले जनाएको छ ।