जाजरकोट। वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले जाजरकोटको बारेकोट गाउँपालिका–५ तोलखानामा १७० किलोवाटको सोलार मिनिग्रेट स्थापना गरेको छ। ४१७ घरपरिवार लाभान्वित हुनेगरी मिनिग्रेट स्थापना गरिएको हो।
उक्त मिनिग्रेटको जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बुधबार उद्घाटन गरेका हुन्। विद्युतको पहुँच नपुगेको बारेकोट गाउँपालिकामा तत्काल यहाँका सर्वसाधारणलाइ बत्ती दिने उद्देश्यले यो काम गरिएको बताइएको छ। टुकीको भरमा थियौं, सोलार बत्ती आएपछि खुसी भएको स्थानीयले बताए।