म्याग्दी। अन्नपूर्ण–४ घरापस्थित ३३/११ केभीए सबस्टेसनमा जडित एकमात्र ३ एमबीए क्षमताको ट्रान्सफर्मर ९ महिनादेखि बिग्रिएको छ। ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाले पूरै पानी प्रयोग गरेपछि तातोपानी साना जलविद्युत आयोजना बन्द भएको हो।
आयोजना बन्द भएपछि घरापस्थित ३३/११ केभिए सबस्टेसनमा १३.६ मेवा थापाखोला र ५ मेवा क्षमताको घलेम्दी आयोजनाबाट उत्पादित विद्युत सिङ्क्रोनाइज गरिएको छ।
तातोपानी साना जलविद्युत आयोजनाको २ मेगावाट विद्युत् उत्पादन बन्द भएपछि पुरानो र जीर्ण सबस्टेसनमा थापाखोलाको १३.६ मेगावाट र घलेम्दीखोला जलविद्युत आयोजनाबाट उत्पादित ५ मेगावाट बिजुली ३३/११ केभिए सबस्टेसनमा सिङ्क्रोनाइज गरी राष्ट्रिय प्रसारण लाइनमा चार्ज गरिएको थियो।
विद्युत भार थेग्न नसकेपछि घरापस्थित सबस्टेसनको ३ एमबीए ट्रान्सफर्मर गत जेठमा जलेको थियो। ट्रान्सफर्मर जलेपछि थापाखोलाको विद्युतलाई मुस्ताङको चोखोपानी सबस्टेसनमा चार्ज गरिएको छ भने घलेम्दीलाई दानास्थित २२०/१३२ केभीए सबस्टेसनमा ३३/११ केभिए सवलाइनमा जोडिएको छ।
सबस्टेसनमा रहेको एमविए ट्रान्सफर्मर जलेपछि दाना सबस्टेसनको ३३/११ केभिए सवलाइनबाट पर्वतको जलजला गाउँपालिकाको मिलनचोकस्थित सबस्टेसन पुर्याई ग्राहकलाई विद्युत दिएको बताइएको छ।