गुल्मी। जिल्लाको चन्द्रकोट गाउँपालिकास्थित हाइड्रो पावरको ड्याममा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ। आइतबार दिउँसो शान्तिपुर बजार नजिकैको हाईड्रोपावरको ड्याममा डुबेर प्युठानका एक युवकको मृत्यु भएको हो।
मृत्यु हुनेमा प्युठानको नौवहिनी गाउँपालिका–२ का अन्दाजी २० बर्षीय नेपालसिंह थापा रहेका छन्। ड्याममा तीन जना पौडी खोल्न पुगेका र तीमध्ये थापाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। मृतक थापा गुल्मीमा सडकको काम गर्दै आएका थिए ।