काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
काठमाडौं ग्रीड महाशाखा पाटन ललितपुर सब–स्टेसनका प्रमुख सोमप्रसाद पहाडीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पहाडीविरूद्ध सोमबार १ लाख ४० हजार बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले पहाडीलाई गत पुस २९ गते पाटन ढोकाबाट घुससहित पक्राउ गरेको थियो।
बिजुलीको पोल सार्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि उनीविरूद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।