पोखरा। यही फागुन ६ गतेदेखि पोखरामा पहिलो पटक सञ्चालनमा आएको अन्नपूर्ण केवलकार ६ दिन बन्द भएको छ। उक्त केवलकार नियमित मर्मतको लागि कम्पनीले फागुन २५ देखि ३० गतेसम्मको लागि बन्द भएको हो।
उक्त केवलकार संचालनको लागि हाल जेनेरेटल आएकाले त्यसको स्टलेसन गर्नको लागि ६ दिन उक्त केवलकार व्यावसायिक रुपमा बन्द गरिएको बताइएको छ। केवलकार संचालनको १९ दिनमा करिब ३ हजारभन्दा बढी पर्यटकहरू भित्रिएका थिए। उक्त जेनेरेटर जडान भएसंगै अब आगामी चैत १ गतेदेखि फुल फेजमा उक्त केवलकार संचालन गर्ने तयारीसमेत गरिएको बताइएको छ।
फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट डाँडामा पुगिने भएको छ। नेपालीहरूका लागि केवलकारमा जाने र आउने शुल्कः ७ सय रुपैया निर्धारण गरिएको कम्पनीले जनाएको छ। त्यसै गरी सार्क राष्ट्रका पर्यटकलाई ८ सय र अन्य विदेशीहरूलाई भने ९ डलर शुल्क निर्धारण गरिएको छ।
उक्त केवलकारमा करिब ३६ वटाभन्दा बढी डिब्बा क्षेमताको भएको बताइएको छ। केबलकारमा युवा व्यवसायि कालु गुरुङसहितका नेपाली व्यवसायी, पूर्व जापानी नागरिक टाकासी मियाहारा र स्थानीयको लगानी रहेको प्रालिले जनाएको छ।