काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारण सभा र १२ औं अधिवेशन शुक्रबारदेखि शुरु भएको छ। महासंघको साधारण सभा एवं अधिवेशनको शुक्रबार प्रज्ञा प्रतिष्ठान कमलादिमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्।
.jpg)
साधारण सभाको दोस्रो दिन आज उमेदवारीको मनोनयन पत्र दर्ता गर्ने काम भइरहेको छ। आज नै उमेद्वारको प्रथम नामावली प्रकाशन गर्ने, उमेद्वारमाथि दाबी विरोध गर्ने, उमेद्वारको मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गरी नामावली प्रकाशन गर्ने र उमेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

महासंघको नयाँ नेतृत्वका लागि आइतबार बिहान ८ बजेदेखि मतदान शुरु हुनेछ। मतदानका लागि देशभरबाट मतदाता प्रतिनिधि प्रज्ञा प्रतिष्ठानमा उपस्थित भएका छन्। प्रज्ञा प्रतिष्ठानमा यतिबेला करिब १५ सय निर्माण व्यवसायीहरुको चहलपहल देखिएको छ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)

.jpg)
.jpg)
.jpg)