काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको निर्वाचनका लागि निकोलस पाण्डेले पनि आफ्नो प्यानल घोषणा गरेका छन्। आज हुँदै गरेको निर्वाचनका लागि शुक्रबार पाण्डेको प्यानल घोषणा गरिएको हो।
अध्यक्षका उमेदवार पाण्डेको प्यानलमा वरिष्ठ उपाध्यक्ष लक्ष्मण राना, एसोसिएट उपाध्यक्षमा रामजी पन्त(मुकेश), प्रदेश १ बाट उपाध्यक्षमा मोहन प्रसाद अधिकारी, मधेश प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर (निर्विरोध निर्वाचित), बागमति प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खेम मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा टोप बहादुर रायमाझि, कर्णाली प्रदेश उपाध्यक्षमा रत्न बहादुर खड्का(निर्विरोध निर्वाचित) र सूदुरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाश सेठ्ठी(निर्विरोध निर्वाचित) छन्।
त्यसैगरी पाण्डेको प्यानलबाट महासचिवमा बासुदेव उप्रेती, नीतिगततर्फ उपमहासचिव मंगल बहादुर शाही, आन्तरिक तर्फ उपमहासचिवमा नरहरि थपलिया उमेदवार छन्। कोषध्यक्षमा हिरण कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा बबिता कट्वालले पाण्डेको प्यानलबाट सहकार्य गर्ने भएका छन्।
निर्वाचनमा पाण्डे र वर्तमान अध्यक्ष रवि सिंहको प्यानल घोषणा भएको छ भने अध्यक्ष पदका उमेदवार हुमनाथ कोइरालाले प्यानल घोषणा गरेका छैनन्।
महासंघको आज मतदान हुँदैछ। मतदान सकिएसँगै आज नै मतगणना गरि मत परिणाम सार्वजनिक गरिने महासंघले जनाएको छ।