काठमाडौं। बझाङमा पुष्पलाल स्मृति प्रतिष्ठान कार्यालय भवन निर्माण हुने भएको छ। पहिलो पटकमा ६० लाख लागतबाट भवनको काम सुरु हुने भएको हो।
पुष्पलाल स्मृति प्रतिष्ठान भवनको कार्यालय एकीकृत समाजवादीका अध्यक्ष इन्द बहादुर भण्डारीले शिल्यान्यास गरेका छन्।
तीन तला रहने २७ कोठे भवनको इष्टिमेट भएको बताइएको छ। पहिलो पटक ६० लाख रकम आएर काम सुरुवात गर्न लागेको र भवन निर्माणका लागि अपुग रकम केन्द्र तथा प्रदेशबाट माग गरिने बताइएको छ।