काठमाडौं। नेपाल विद्युत प्राधिकरणले आगामी दुई वर्षभित्रमा कर्णाली प्रदेशका १० जिल्लामा विद्युत पुर्याउने भएको छ। प्राधिकरणले कर्णालीका १० जिल्लाका घर घरमा विद्युत पुर्याउने गरी काम अघि बढाएको हो।
प्राधिकरणले कर्णालीवासीको हरेक घरमा विद्युतको पहुँच पुर्याउने लक्ष्यका साथ विद्युतीकरणलाई अगाडि बढाएको छ।
कर्णाली प्रदेशका १० जिल्लाका २५ नगरपालिका र ५४ गाउँपालिकामध्ये २२ नगरपालिका र २१ गाउँपालिकामा विद्युत पुगेको छ। ३ नगरपालिका र ३३ गाउँपालिकामा अझैसम्म विद्युत पुग्न सकेको छैन।
नगरपालिका र गाउँपालिकाका कुल ७१८ वडामध्ये ३९३ मा विद्युत पुगेको छ। कर्णाली प्रदेशको समग्र विद्युतीकरण ४४.९३ प्रतिशत छ ।