काठमाडौं। सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीसँग सन्झौता भएको छ। आगामी ५ वर्षमा निर्माण सम्पन्न गर्ने गरी चाइना स्टेटसँग सम्झौता भएको हो।
सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक कैलाश श्रेष्ठका अनुसार ९ महिनाभित्र चाइना स्टेट कन्स्ट्रक्सनले डिजाइनको काम गरेर बुझाउने समय सीमा दिइएको छ । कम्पनीले बुझाएको डिजाइन केन्द्रले स्वीकृत गरेपछि निर्माणको काम सुरु हुनेछ ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले निर्माण गरिसकेपछि पनि ५ वर्षसम्म मर्मत तथा सञ्चालन गर्ने गरी सम्झौता भएको छ।