सिमकोट। हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडाका तीनहजार नागरिक गत साउनदेखि विद्युतबाट बञ्चित छन्।
अदानचुली ४, ५ र ६ मा नौ महिनादेखि विद्युत सेवा अवरुद्ध भएको जनाइएको छ। साउनमा परेको अविरल वर्षाका कारण कुकुरफाल्ना जलविद्युत आयोजनाको भत्केको नहर अझैसम्म मर्मत नहुँदा यहाँका स्थानीय विद्युतबाट बञ्चित भएका हुन्। विद्युतको अभावमा स्थानीयवासीले सल्लाको दियालो तथा सोलार बालेर रात बिताउँदै आएका छन्। नहर मर्मतमा चासो नराख्दा विद्युत आयोजना सञ्चालनमा आउन सकिरहेको छै ।
उक्त विद्युतको नहरमा ठाउँ–ठाउँमा पूरै माथिबाट जमिन भासिएर भत्किएकाले मर्मत गर्न ठूलो रकम चाहिने बताइएको छ।