काभ्रेपलाञ्चोक। प्रधान्मन्त्री शेरबहादुर देउवाले तेमाल गाउँपालिकाको नव निर्मित प्रशासनिक भवनको उद्घाटन गरेका छन्। ४ करोड ६४ लाखको लागतमा निर्मित भवनको प्रधानमन्त्री देउवाले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन्।
भवन निर्माणमा गाउँपालिकाको २ करोड ६४ लाख र जिल्ला समन्वय समिति काभ्रेको २ करोड गरी ४ करोड ६४ लाख खर्च भएको पालिकाले जनाएको छ।
भावन विसं २०७६ मा निर्माण शुरु भएर २ वर्षमा निर्माण सम्पन्न भएको हो। गाउँपालिकाले विकासका अन्य प्राथमिकतामा प्रशासनिक भवन पनि रहेकाले स्थानीय सरकारको प्रत्याभूति गराउन भवन निर्माण सम्पन्न गरेको बताएको छ।