काठमाडौं। गोरखाको पालुङटार नगरपालिकाबाट सहरी बिकास तथा भवन निर्माण बिभागमा माग गरिएका आयोजनाहरु स्वीकृत भएका छन्। पुर्वप्रधानमन्त्री एबम् जनता समाजबादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईको निर्देशन र पहलमा बिभाग बाट विभिन्न शिर्षकका पचास करोड बराबरका योजना स्वीकृत भएका हुन्।
उक्त नगरपालिकामा नगरपालिकाको भौतिक पुर्बाधार अन्तर्गत सडक निर्माण , मन्दिर ,पार्क ,सार्बजनिक सौचालय ,बस पार्क ,भवन, हाटबजार निर्माणका योजनाहरु संघीय सरकारबाट बजेट बिनियोजन भएअनुसार निर्माण हुने छन।

