लमजुङ। बेसीशहर नगरपालिका–१० खाँचेमा स्थानीयको सक्रियतामा आमा समूहको भवन निर्माण गरिएको छ। स्थानीयको अग्रसरतामा २७ लाख लगानीमा प्रगति ज्योति नागरिक आमा समूहको भवन निर्माण गरिएको हो।
बेसीशहर नगरपालिकाको ७ लाख, आमा समूहको ५ लाख र १५ लाख चन्दा संकलन गरी भवन निर्माण भएको हो। भवनसँगै चार कोठे शौचालय पनी निर्माण भएको छ। उक्त शौचालयका लागि स्थानीय पसबहादुर तामाङले ७ लाख रुपैयाँ सहयोग गरेका थिए।
भवनको उद्घाटन बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले गरेका थिए। भवनको उद्घाटन गर्दै अर्यालले सामाजिक कार्यक्रमका लागि भवनले सहयोग गर्ने बताए। बैठक, भेला, विवाह, पुटपुटे लगायतको कार्यक्रम सञ्चालनका लागि भवन अति आवश्यक रहेको छ। नगरपालिकाले सामुदायिक भवनलाई प्राथमिकतामा राखेर नगरपालिकाभित्र दुई सय वटा भवन निर्माण गरिसकेको छ।