काठमाडौं। विद्युतीकरण नभएको ठाउँमा तत्काल विद्युत पुर्याउने उद्देश्यले जाजरकोटका तीन ठाउँमा सौर्य मिनिग्रेट स्थापना गर्न लागिएको छ। वैकल्पिक उर्जा प्रवद्धन केन्द्रको ९० प्रतिशत अनुदान अन्य १० प्रतिशत प्रदेश सरकार र स्थानीयले साझेदारीमा सौर्य मिनिग्रेट स्थापना गर्न लागिएको हो।
जुनीचाँदे गाउँपालिका–७ मा जुनी सौर्य मिनिग्रेट ३५ किलोवाट, कुशे–७ स्थित कुशे ठाँटीकोट सौर्यमिनिग्रेट १६० किलोवाट र नलगाड नगरपालिका–८ मा नलगाड मंसिरी सौर्य मिनिग्रेट १८ किलोवाट निर्माण हुने बताइएको छ।
यस अघि बारेकोट गाउँपालिका–५ मा १७० किलोवाटको सौर्य मिनिग्रेटको काम जारी रहेको छ। १६ करोड ८९ लाख ५२ हजार रुपैयाँ लागतमा निर्माण हुने सौर्य मिनिग्रेट मध्यबाट १० प्रतिशत प्रदेश र स्थानीय तहले साझेदारी गर्ने वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले जनाएको छ। तत्काल विद्युत पुर्याउन नसकिने ठाउँमा यस्ता खालका योजनामा कर्णाली सरकार तयार रहेको बताइएको छ।