दोलखा। जिल्लाको शैलुङ गाउँपालिकास्थित कालापानीमा तेक्वान्दोको अन्तर्राष्ट्रिय उच्च अनुसन्धान केन्द्र निर्माण हुने भएको छ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले आइतबार अनुसन्धान केन्द्रको भवन निर्माणका लागि शिलान्यास गरेका छन्।
गाउँपालिकाका अध्यक्ष भरत प्रसाद दुलालले २८ सय मिटर उचाइमा निर्माण हुने यो तालिम तथा अनुसन्धान केन्द्र संसारमा बनेको थोरै स्थान मध्ये एक हुने तथा नेपाली तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले प्रशिक्षण तालिम लिने महत्त्वपूर्ण ठाउँ हुने जानकारी दिए।
डिपिआरअनुसार कुल लागत २७ करोड हुने यो आयोजनाका लागि हाल नेपाल सरकारले १० करोड विनियोजन गर्ने गरी स्रोत सुनिश्चित गरिएको छ। बाँकी रकम आगामी आर्थिक वर्षमा थप्दै जाने समझदारी बनेको छ।