धनगढी। कैलालीको गोदावरी नगरपालिकाको निर्माणाधीन भवनको उद्घाटन गरिएको छ। गोदावरी नगरपालिका–२ मा निर्माणाधीन अवस्थामा रहेको भवनको नगरप्रमुख हरिसिंह साउँदले उद्घाटन गरेका हुन्।
निर्माणाधीन भवनको निर्माण कार्य सम्पन्न नगरी उद्घाटन गरिन लागिएको भन्दै स्थानीयले विरोध गरेपनि नगरप्रमुख साउँदले कडा सुरक्षाकाबीच भवनको उद्घाटन गरे। उद्घाटन कार्यक्रमका क्रममा बिरोध भएपछि एक जना पक्राउ परेका छन्।
उद्घाटनमा क्रममा कालो झण्डा देखाउन खोजेपछि स्थानीय युवा एलआर ओझा पक्राउ परेका हुन्। निर्माणाधीन भवनको उद्घाटन गरिन लागिएको भन्दै आइतवार नेपाली काँग्रेसले नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको थियो।