काठमाडौं। नवलपरासी जिल्लाको पहाडी क्षेत्रमा पर्ने बौदीकाली गाउँपालिकाले गाउँपालिकाको प्रशासनिक भवन निर्माण गनें भएको छ। सेवाग्राही मैत्री रुपमा प्रशासनिक भवन निर्माण गरि सहज रुपमा सेवा प्रबाह गर्नको लागि प्रशासनिक भवन निर्माण गर्न लागिएको हो।
उक्त प्रशासनिक भवन निर्माण भएसँगै यस स्थानका सेवालिने सर्वसाधारणलाई सहज हुने विश्वास गरिएको छ। सुविधा सम्पन्न भवन नहुँदा सेवा दिने र सेवा लिने दुबैलाई समस्या भएको थियो, अब सुविधा सम्पन्न भवन निर्माण भएसँगै सहज रुपमा सेवा दिन र लिन सकिने आशा गरिएको गाउँपालिकाले जनाएको छ। अत्याधुनिक र सुविधा सम्पन्न भवन निर्माण हुनेमा विश्वस्थ रहेको गाउँपालिकाले बताएको छ।
उक्त प्रशासनिक भवन निर्माणको जिम्मा एल.बी एण्ड एल.बी निर्माण प्रालिले पाएको छ। पाँच करोड ९१ लाख ६४ हजार तीन सय अठहत्तर रुपैयामा सो निर्माण कम्पनीले निर्माणको जीम्मा लिएको छ। तोकिएको समयमै निर्माण सम्पन्न गरी भवन हस्तान्तरण गर्ने निर्माण कम्पनीले दाबी गरेको छ।