नवलपरासी । पश्चिम नवलपरासीको जिल्ला प्रहरी कार्यालयमा अमर प्रहरी स्मारक निर्माण सम्पन्न भएको छ । नवनिर्मित अमर प्रहरी स्मारकको लुम्बिनी प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआईजी) मुकुन्द आर्चायले उद्घाटन गर्नुभएको छ ।
स्मारक सहिद प्रहरीहरुको स्मरणमा निर्माण गरिएको हो । उद्घाटनपश्चात कार्यक्रमलाई सम्बोधन गर्दै डिआईजी आर्चायले नागरिकसंग राम्रो बोलिवचन र मिठो सेवा दिन आफ्ना मातहतका प्रहरीलाई आग्रह गर्नुभएको छ ।
उहाँले आउने दिनहरुमा प्रहरीले गर्ने कार्यसम्पादन, कार्यकुशलता उच्चतम नमुनाको रुपमा देखाउनु पर्ने बताउनुभयो । प्रहरीले सबै नागरिकलाई दिने सेवामा अझै सुधारको आवश्यकता रहेको डिआईजी आर्चायको भनाइ छ ।