काठमाडौं। सिरहाको धनगढीमाई नगरपालिका–१० धनगढीबजारमा रहेको तीनवटा पसलमा आगलागी भएको छ। आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ।
बिहीबार राति स्थानीय गुञ्जेश्वर साहको कस्मेटिक पसल, विलेक्षण साहको जेनरल स्टोर र अशेश्वर साहको आईरण स्टोरमा आगलागी हुँदा करिब एक करोड मूल्य बरावरको धनमाल जलेर नष्ट भएको हो।
आगलागीका कारण गुञ्जेश्वर साहको पसलमा रहेको सम्पूर्ण सामान, २ लाख ५० हजार नगद र २ तोलाभन्दा बढि सुनसमेत आगोमा परेको जनाएको छ। विलेक्षण साहको पसलमा रहेको ५० हजार नगद र धेरै सामान जलेर नष्ट भएको छ।
विद्युत सर्ट भएर आगो आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। आगो स्थानीय, प्रहरी र गोलबजार, लहान र मिर्चैया नगरपालिकाबाट आएको दमकलले नियन्त्रण लिएको जनाएको छ।