काठमाडौं। चितवनको भरतपुर महानगरपालिकामा विद्युतीय चार्जिङ स्टेसनको शिलान्यास गरिएको छ। महानगरपालिकाको केन्द्रिय बसपार्कमा निर्माण शुरु भएको चार्जिङ स्टेसनको महानगर प्रमुख रेणु दाहालले शिलान्यास गरेकी हुन्।
भरतपुर बसपार्कमा निर्माण हुन लागेको यो चार्जिङ स्टेसन नेपाल विद्युत प्राधिकरणबाट स्थापना हुने पहिलो स्टेसन हो। यस चार्जिङ स्टेसनबाट एकै पटकमा ६ वटा गाडीहरुमा चार्ज लगाउन मिल्ने बताइएको छ।
.JPG)
चार्जिङ स्टेसनको शिलान्यास गरेसँगै प्रमुख दाहालले अबको २ महिनाभित्रमा स्टेसन सञ्चालनमा आउने बताएकी छन्।
आयातित महंगो मूल्यका इन्धनको खपत कम गर्नका लागि देशभर चार्जिङ स्टेसन स्थापना गर्न शुरु गरिएको छ। इन्धनको खपत कम गर्न र विद्युतीय उर्जालाई बढी भन्दा बढी प्रयोग गर्न सरकारले नागरिकहरुमा आग्रह गर्दै आएको छ भने विभिन्न किसिममा विद्युतीय उर्जा खपतमा जोड दिने प्रभावकारी काम समेत गरिरहेको छ।