काठमाडौं। हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकामा पुल निर्माण हुने भएको छ। उक्त गाउँपालिकाको एक र दुई वडामा पुल निर्माण हुने भएको हो।
हुम्लाको कर्णाली नदी लालिबगर औथलीमा पुल निर्माण हुने भएको छ। उक्त पुल निर्माण भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय हुम्लाले निर्माण गर्ने भएको हो। पुलको अभावमा सर्वसाधारण मात्र नभएर सवारीसाधन आवतजावतमा पनि निकै समस्या हुने गरेको गाउँपालिकाले जनाएको छ। पुलको अभावमा छोटो दुरिको यात्रा पनी लामो समय लाग्ने गरेको स्थानीयले बताए। हिउँदको समयमा भन्दा बढी बर्षाको समयमा आवतजावतमा समस्या भएको गाउँपालिकाले बताएको छ। अब पुल निर्माण हुने भएपछि आवतजावतमा सहज हुने गाउँपालिकाले विश्वास गरेको छ भने, स्थानीय पनि खुसि भएका छन्।
उक्त पुल निर्माणको जिम्मा तिन वटा निर्माण कम्पनीले पाएका छन्। सुर्य निर्माण कम्पनी, एच.एम निर्माण कम्पनी र स्रेया निर्माण कम्पनी जेभी जुम्लाले निर्माणको जिम्मा पाएका हुन्। तिन वटा निर्माण कम्पनीले करिब १४ करोड लागतमा सयुंक्त रुपमा निर्माण गर्ने भएका छन्। सम्झौता भएको समय अवधीमै गुणस्तरीय काम सम्पन्न गर्ने निर्माण कम्पनीहरुले दाबी गरेका छन्।