काठमाडौं। बैतडीको मेलौली नगरपालिकाका गाउँमा विद्युत सेवा सुरु हुन थालेको छ। यसअघि सलेना बजार आसपासका क्षेत्रमा मात्रै विद्युत सुचारु भएकोमा शुक्रबार लिखोडामा समेत ट्रान्सफर्मर राखिएसँगै गाउँटोलहरूमा विद्युत सेवा सुरु भएको हो।
स्थानीयका अनुसार गाउँमा विद्युत सुचारु भएसँगै अन्धकारमा बस्नुपर्ने बाध्यता हटेकोछ। विद्युत पुगेकाले बत्ती बाल्नुका साथै मोबाइल चार्ज गर्न, टिभी तथा कम्युटर चलाउन सहज भएको उनिहरुले बताए। अन्धकारमा बाधिएको जिवन अब विद्युतको सेवा आएसँगै दैनिकी नै परिबर्तन भएको उनिहरुले बताएका छन्।
गाउँमा विद्युत विस्तार भएसँगै नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय पाटनका प्रमुख पुष्पराज भट्ट तथा ठेकेदार दिनेश कुमार लामिछाने र भरतसिंह ओलीलाई स्थानियबासीले फुलमालाले सम्मान गरेका छन्।
सलेनाका सबैभन्दा बढी बस्ती रहेका गाउँहरु लोर्खा र भोरामा ५सय मिटर तार अभावका कारण विद्युत सेवा सुचारु हुन सकेको छैन्। पोल गाडिएका उक्त टोलहरूका लागि पटक पटक तारको माग गरे पनि नपाएको मेलौलीका स्थानीयले बताएका छन्।